चैत्र शुक्ल दशमीः सेतो मच्छिन्द्रनाथको रथ लगनमा

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ शनिबार लगन पुर्‍याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पु¥याउने गरिन्छ । रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ ।

रथ लगन पु¥याए पनि साँझ परेकाले शनिबार सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याएको सेतो मच्छिन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका वडा नंं २५ का पूर्व वडा अध्यक्षसमेत रहेका नीलकाजी शाक्यले राससलाई जानकारी दिए । लगनमा सेतो मच्छिन्द्रनाथको माताको मन्दिर छ । रथयात्राको तेस्रो दिन आइतबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो । तेस्रो दिन चिकमुँगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरी मार्ग निर्धारण गरिएको छ ।

रथयात्रा पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पुर्‍याउने गरिन्छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि बिहीबार दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्ग स्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठ लगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । आइतबार लगनमा माताको मन्दिर दुई पटक घुमाएर मच्छेन्द्रबहालमा ल्याएसँगै जात्रा समापन हुन्छ । काठमाडौँमा सेतो मच्छिन्द्रनाथको रथ यात्रापछि नै ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार