
काठमाडौं । नबिल बैंक लिमिटेड (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ वर्षभन्दा पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय सेयरधनीहरूले हालसम्म् पनि बुझिलिन बाँकी रहेकोले बुझिलिन आग्रह गरेको हो ।
आगामी १ महीनाभित्र पनि आफूले लिन बाँकी लाभांश लिन नआएमा कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा दाखिला हुने बैंकले स्पष्ट पारेको छ । लाभांश लिनका लागि काठमाडौंको नारायणचौर नक्सालस्थित सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडमा यथाशीघ्र सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह