
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेर २८९२ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोडको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.८० प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशतले सेयरमूल्य घटेको छ। आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.४० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व