
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले सेयरधनी प्रकाश मान श्रेष्ठको नाममा रहेको २० हजार २९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनु पर्ने व्यवस्था बमोजिम गत फागुन १० गते सूचना प्रकाशित गरी ३५ दिनको समयावधि दिइएकोमा संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएकोले अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

फेसबुक प्रतिक्रिया













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय