
वासिङ्टन डीसी । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गरेका छन्। फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पुनः नामाकरण गर्ने सहमतीमा हस्ताक्षर गरिएको भएता पनि जुलाई १ देखि औपचारिक रुपमा लागु हुने जनाइएको ।
सामाजिक सञ्जाल एक्स मार्फत यो जानकारी सार्वजनिक गर्दै एरिक ट्रम्पले फ्लोरिडा एयरपोर्टको पुनः नामाकरण गर्न सकरात्मक भूमिका खेलेकोमा फ्लोरिडाका गभर्नर रोन डिसान्टिस, फ्लोरिडाका महान्यायाधिवक्ता लगायत फ्लोरिडा हाउसका प्रतिनिधिहरुलाई धन्यवाद दिए ।
यद्यपि, उड्डयन प्रशासनले विज्ञप्ति जारी गर्दै नाम परिवर्तनलाई अनुमोदन नगरेको जनाएको छ । ट्रम्पको पारिवारिले गत फेब्रुअरीमा विमानस्थलको पुनः नाममकरणका लागि आवेदन दायर गरेको सीबीएस न्यूजले जनजाएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि