
काठमाडौं । गत संस्करणको उपविजेता पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।
गुजरातले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा डेब्यु खेल खेलेका कोनोलीले शानदार अविजित अर्धशतक प्रहार गरेपछि पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो ।
पञ्जाबको अवस्था एक समय निकै कमजोर बनेको थियो । तर, कोनोलीले एक छेउ सम्हाल्दै टोलीलाई जित दिलाए । उनी ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ७२ रनमा अविजित रहे । प्रभसिमरन सिंहले ३७ रनको योगदान दिए । गुजरातका लागि प्रसिद्ध कृष्णाले तीन विकेट लिए भने कागिसो रबाडा, अशोक शर्मा, राशिद खान र वाशिंगटन सुन्दरले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पञ्जाबले गुजरातलाई पहिले ब्याटिङको निम्ता दिएको थियो । गुजरातले राम्रो सुरुआत गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेन । कप्तान शुभमन गिलले २७ बलमा ३९ रन र जोस बटलरले ३३ बलमा ३८ रन बनाए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह