
झापा । साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले साहित्यकार धरावासीलाई उक्त सम्मान प्रदान गरेको हो ।
आज नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरिएको नगर कार्यालयले जनाएको छ । कार्यक्रममा वरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुलीलगायतले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि उपप्रमुख पराजुलीले प्रकाश पारे । समितिकी संयोजक कञ्चना काफ्लेले सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए । सोही कार्यक्रममा साहित्य विमर्शसमेत गरिएको छ । विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्य प्रमुख वक्ताका रूपमा रहनुभएको थियो भने विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्यले गरेका थिए । कार्यक्रममा साहित्यकारले कविता, गीत, गजललगायत रचना प्रस्तुत गरेको नगर उपप्रमुख पराजुलीले बताए । नगरले प्रदान गर्दै आएको उक्त दीर्घसेवा सम्मानबाट सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराल सम्मानित भइसकेका छन् ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना