
काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ । सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।
यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?