
सुनसरी । सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा जारी ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। २३ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गरेको हो।
आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे। यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल २८ गते हुनेछ। विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको छ। भरौल गोल्डकपमा सहभागिताले टोलीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको विश्वास गरिएको छ।
प्रतियोगितामा नेपाल, भारत र मलेसियाका क्लबहरूको सहभागिता रहेको छ। विशेषगरी विदेशी टोलीको उपस्थितिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। विजेता तथा उपविजेता टोलीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। साथै, यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू