नेप्सेको कारोबार तालिका परिवर्तनः अब शुक्रबार सेयर बजार खुला हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले  शुक्रबार पनि सेयर कारोबार खुला गर्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको चैत्र २२ मा बसेको बैठकले चैत्र २३ गतेदेखि लागु हुने गरी बिहान ९ः०० बजे देखी साँझ ५ः०० बजेसम्म कार्यालय समय कायम गर्ने र साताको शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हुँदा सोही अनुरुप नेपाल स्टक एक्सचेञ्जले आइतबारको सट्टा शुक्राबार सेयर बजार खुला गर्ने भएको हो ।

नेप्सेका अनुसार अब सोमबारदेखि शुक्रबारसम्म साबिक समयमा धितोपत्रको कारोबार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार