
काठमाडौं । शुक्रबारको स्पेशल प्रि ओसन सेसनमा पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर पहिलो कारोबार भएको छ । यस दिन पाल्पा सिमेन्टको सेयर प्रतिकित्ता ३०० रुपैयाँ र शिखर पावरको २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो । यी दुबै कम्पनीको सेयर हिजो (चैत २६ गते) बिहीबार नेप्सेमा सूचीकृत भएको थियो ।
पाल्पा सिमेन्टले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता सेयर गरी कुल तीन करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।
त्यस्तै, शिखर पावरले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता शेयर गरी कुल ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।
नेप्सेले पाल्पा सिमेन्टलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र शिखर पावरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । सोही रेञ्जका आधारमा आजको स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो । अब यी कम्पनीहरुको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह