
काठमाडौं । काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिकै गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने दुईजना चालक ट्राफिक प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेहरूमा यात्रुवाहक हाईस र ईभी माइक्रोबसका चालक रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले शनिबार यो कारबाही चलाएको हो। चेकजाँचका क्रममा नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि गरेको थियो।
संवेदनशील मानिने सार्वजनिक यातायातका चालकहरू नै नसामा लठ्ठिएर सवारी चलाएको भेटिएपछि प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै चालकलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो