
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि २५ जना समुदाय विपद् स्वयंसेवक तयार पारिएको छ। विपद्को समयमा समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले प्रतिकार्य योजनालाई सुदृढ बनाउन गाउँपालिकाले विशेष जनशक्ति तयार गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म हेडक्वार्टर पूर्वी नवलपरासीसँगको सहकार्यमा गाउँपालिकाले १८ दिनसम्म विपद् प्रतिकार्यसम्बन्धी सघन तालिम सञ्चालन गरेको थियो। गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार विनयी त्रिवेणी विभिन्न प्रकारका विपद्को जोखिममा रहेकाले पूर्वतयारीस्वरूप यो तालिम आयोजना गरिएको हो। यस आर्थिक वर्षमा गाउँपालिकाका ७ मध्ये ४ वटा वडाका युवाहरूलाई समेटेर स्वयंसेवक टोली बनाइएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको संवेदनशील भौगोलिक अवस्थालाई ध्यान दिँदै स्थानीयको क्षमता अभिवृद्धि गरिएको बताए। सुरक्षा निकाय मात्र पर्याप्त नहुने हुँदा प्रशिक्षित समुदायले विपद्को क्षति न्यून गर्न प्रभावकारी भूमिका खेल्ने उनको विश्वास छ। १८ दिने तालिममा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासमार्फत प्राथमिक उद्धार, प्राथमिक उपचार र आपत्कालीन सतर्कताका सीपहरु सिकाइएको छ।
तालिमप्राप्त स्वयंसेवकहरूले विपद्को अवस्थामा समुदायलाई तत्काल सहयोग पुर्याउने, उद्धार कार्यमा सुरक्षा निकायलाई सहजीकरण गर्ने र स्थानीय तहमा विपद् पूर्वतयारी योजना निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीले स्वयंसेवकहरूलाई विपद्को समयमा आफू सुरक्षित रहँदै अरूलाई सुरक्षित बनाउने सीपमा पोख्त बनाइएको जानकारी दिए।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने