सेयर बजारमा गिरावट, कारोबार २ अर्बले घट्यो 

काठमाडौैं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक १३.१७ अंकले घटेको हो ।

आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८२५.२३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ४७३.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ५ अर्ब भन्दा कमको कारोबार भएको छ ।

आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर १ लाख १६ हजार ३१० पटक खरिद बिक्री हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेको दिन चार कम्पनीका भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार