गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार