युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

काठमाडौं । युएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन चाहन्छ । यूएई यो खेलमा पनि जित निकाल्दै घरेलु टोलीमाथि क्लिन स्वीप गर्ने रणनीतिमा हुनेछ ।

नेपालले पहिलो खेलको प्लेइङ–११ मा ४ खेलाडी परिवर्तन गरेको छ । अर्जुन साउद, सन्दीप जोरा, शेर मल्ल र बसिर अहमद बेन्चमा रहँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमले अवसर पाएका छन् । सन्तोषले टी–२० आईमा डेब्यू गर्न लागेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार