
काठमाडौं । ओपनर अभिषेक शर्माले शतक बनाएको इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेको छ । हैदराबादमा मंगलबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रनको विशाल योगफल बनाएको थियो ।
हैदराबादका अभिषेकले शानदार अविजित १३५ रन बनाए । उनले ६८ बलमा समान १० छक्का र चौका छक्का प्रहार गर्दै टोलीलाई विशाल स्कोरतर्फ डो¥याए । टि ट्वान्टी क्रिकेटमा उनको यो नवौँ शतक हो ।
उनलाई हेनरिख क्लासेनले अविजित ३७ रन र ट्राभिस हेड ले ३७ रन बनाएर राम्रो साथ दिए । दिल्लीका लागि अक्षर पटेल ले १ विकेट लिए । २४३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९५ रन मात्र बनाउन सक्यो । दिल्लीका नितिश राणाले ५७ रन बनाए भने समीर रिज्वी ले ४१ रन जोडे । हैदराबादका बलरमध्ये इशान मालिंगाले ४ विकेट लिए भने हर्ष दुबेले ३ विकेट लिए । दिल्लीलाई हराएसँगै हैदाराबाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो