
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीको हारको सिलसिला रोकिएको छैन । मंगलवार ब्राइटनले चेल्सीलाई ३–० ले हराएको छ । ब्राइटनको जितमा फेर्दी काडियोग्लु, ज्याक हिन्शेलउड र ड्यानी वेलबेकले गोल गरे ।
चेल्सीले लिगमा लगातार पाँचौँ खेल पनि गुमाएको हो । चेल्सीले यी पाँच खेलमा एक गोल पनि गर्न सकेको छैन । जुन सन् १९१२ यता पहिलो पटक हो । खेलको सुरुवातदेखि नै ब्राइटन हाबी बन्यो। तेस्रो मिनेटमै ब्राइटनले अग्रता लियो । पास्कल ग्रोसको कर्नरमा जोर्रेल हातोले राम्रोसँग बल क्लियर गर्न नसक्दा काडियोग्लुले लो भली प्रहार गर्दै गोल गरे ।
त्यसपछि पनि ब्राइटनले लगातार आक्रमण गरिरह्यो। यान पाउल भान हेकेले गरेको हेडर सान्चेजले बचाए। सान्चेजको खराब पासपछि ज्याक हिन्शेलउडको प्रहार गोललाइनबाट क्लियर गरियो। जर्जिनियो रटरले बक्सभित्रबाट गरेको प्रहार भने बारमाथि गयो। चेल्सीले ४० औं मिनेटमा केवल एक पटक गोलका लागि प्रहार गर्न सक्यो। ट्रेवो चालोबाहले गरेको प्रहार रोकियो । ५६औँ मिनेटमा ब्राइटनले दोस्रो गोल थप्यो। जर्जिनियो रटरको पासमा हिन्शेलउडले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको अन्त्यतिर चेल्सीका एलेजान्द्रो गार्नाचो र मार्क गियुले अवसर पाए पनि दुवैको प्रहार लक्ष्यभन्दा बाहिर गयो ।
इन्जुरी समयको पहिलो मिनेटमा ब्राइटनले तेस्रो गोल ग¥यो। म्याक्सिम डे क्युपरको पासमा वेलबेकले गोल गरे। सिजनको यो उनको १३औँ गोल हो । यो जितपछि ब्राइटन (५० अंक) चेल्सी (४८ अंक ) लाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ । चेल्सीको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना झन् कमजोर बनेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह