
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १० अर्ब १९ करोड रुपैयाँ अर्थात् १५ प्रतिशत बढी आयात भएको हो ।
जबकि गत आर्थिक वर्षको ९ महिनामा भने ६९ अर्ब ३५ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको बताए । यो नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ४३ अर्ब ६१ करोड रुपैयाँ मूल्य पर्ने भटमासको प्रशोधित तेल निर्यात भएको छ । पाँच अर्ब ८४ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ ।
पाँच अर्ब २४ करोड रुपैयाँ मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ । पाँच अर्ब पाँच करोड रुपैयाँ मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । दुई अर्ब ६९ करोड रुपैयाँ मूल्यको विभिन्न किसिमका कपडा निर्यात भएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह