
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा २ अर्ब माथि नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको हो ।
उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा रहेको छ ।
साढे ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट