
काठमाडौं । कुमारी बैंक लिमिटेडको नाफामा उल्लेख सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उछाल देखिएको हो ।
वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफामा उछाल आएको छ भने अधिकांश वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आवको चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँ खु्द नाफा कमाएको यस बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १३६१.७६ प्रतिशतको उछाल सहित ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ६५ लाख रुपैयाँबाट १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १० अर्ब ४९ करोड ५९ लाख रुपैयाँबाट २२.०८ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट ६९.६८ प्रतिशतले घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँमा झरेको छ । यसरी इम्पेयरमेन्ट चार्ज ठूलो मात्रामा घटेका कारण बैंकको नाफा बढ्न टेवा पुगेको हो ।
खुद नाफा बढेसँगै बैंकको सञ्चालन मुनाफा पनि ८५ करोड ८३ लाख रुपैयाँबाट ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ पुगेको छ। गत चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ५० करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवको चैत मसान्तसम्म घटेर १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १.४५ रुपैयाँबाट बढेर २१.२४ रुपैयाँ पुगेको छ भने खराब कर्जा ६.९८ प्रतिशतबाट सामान्य घटेर ६.९४ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८.५३ रुपैयाँ र बेस रेट ५.३५ प्रतिशत रहेको छ ।
चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले चैत मसान्तसम्म २ खर्ब ७३ अर्ब २१ करोड २५ लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरी ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब ७४ अर्ब ३० करोड ६८ लाख रुपैयाँ नाघेको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना