
काठमाडौं । प्रभु बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा गिरावट आएको हो ।
गत आवको चैत मसान्तसम्म १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा ५४.६१ प्रतिशत अर्थात् आधाभन्दा बढीको गिरावट सहित खुद नाफा ८५ करोड १५ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँबाट सामान्य बढेर ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ६१ करोड ९० लाख रुपैयाँबाट सामान्य बढेर ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
आम्दानीमा सामान्य वृद्धि देखिएको भए पनि समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँबाट ३४ प्रतिशतको गिरावट सहित २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । यससँगै वितरणयोग्य मुनाफा ३ अर्ब ३९ करोड ४३ लाख रुपैयाँ ऋणात्मकबाट बढेर ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ५.०९ प्रतिशतबाट ८.८४ प्रतिशत कायम भएको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) १०.६३ रुपैयाँबाट घटेर ४.८२ रुपैयाँमा सीमित भएको छ । बैंकको बेस रेट ५.१४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख रुपैयाँ सञ्चिति रहको छ । बैंकले चैत मसान्तसम्म ग्राहकमा २ खर्ब २१ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ३५ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ४ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?