
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–२ स्थित श्री हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले विद्यालय भवन निर्माणका क्रममा झुट्टा बिल भर्पाई तयार गरी सरकारी रकम हिनामिना गरेका हुन्। भवन निर्माणको प्राविधिक मूल्यांकनभन्दा ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ बढी भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ।
दमक नगरपालिकामार्फत् आर्थिक वर्ष २०७७/७८ देखि भएको भवन निर्माणमा पहिलो तलाको वास्तविक मूल्यांकन १ करोड ४८ लाख ५३ हजार २३५ रूपैयाँ रहेकोमा नक्कली बिल, बिजक र भरपाइ बनाएर २ करोड ७ लाख ७९ हजार ९२२ रूपैयाँ भुक्तानी गरेको अख्तियारले जनाएको छ । भवन निर्माणमा ५९ लाख २६ हजार ६८६ रूपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको अख्तियारको दाबी छ । त्यस्तै दुईजनाको मिलेमतोमा २०७७/०७८ देखिकै बेरुजु रकम १६ लाख ६० हजार १०१ रूपैयाँ व्यक्तिगत प्रयोग गरेको १७ लाख ९६ हजार ५२१ रूपैयाँ पनि थप हिनामिना गरेको अख्तियारले जनाएको छ।
दुवै प्रतिवादीबाट कुल ९३ लाख ८३ हजार ३ सय ९ रुपैयाँ ७२ पैसा बिगो दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय तथा जरिवाना गरी हिनामिना भएको रकम असुलउपर गर्न मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो।













समाचार
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी
सेयर बजारमा करिब १२ अंकको सुधार, कारोबार ५ अर्ब माथि