यो वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको थियो भने अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो। कार्यालयले चालु आर्थिक वर्षको ६ देखि ८ महिनासम्मको वास्तविक तथ्यांक र बाँकी ४ महिनाको अनुमानलाई आधार मानेर यो प्रक्षेपण सार्वजनिक गरेको हो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार