
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८१ अकंले घटेर २७४४.४५ बिन्दुमा बन्द भएको छ । आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोडको कारोबार भएको हो ।
आज वाणिज्य बैंक समूहको ०.७६ प्रतिशत, फाइनान्स समूहको ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६४ प्रतिशत, हाइड्रोपावर समूहको १.४५ प्रतिशतले सेयर मूल्य घटेको छ । बुधबार ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको घटेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १३.८१ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै एबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ११ प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात