
काठमाडौं । नेपाल सरकारले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी प्रक्रिया अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गर्ने भएको छ।
शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन (Delivery-Based Governance) लागू गर्दै नागरिकलाई पूर्वानुमानयोग्य समयमा सेवा उपलब्ध गराउने लक्ष्य लिइएको हो। यस कदमले सेवा प्रक्रियालाई मुहारविहीन (faceless), समयबद्ध (time-bound) तथा पूर्ण रूपमा डिजिटल बनाउने सरकारको योजना रहेको जनाइएको छ।
भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४) अनुसार अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले २०८३ वैशाख २१ देखि धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्य अनलाइनमार्फत मात्र गर्नुपर्नेछ।
त्यस्तै, अन्य ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि यो व्यवस्था २०८३ जेठ १ गतेदेखि लागू हुने सूचनामा उल्लेख छ। सरकारले सम्बन्धित सबै निकायलाई नयाँ व्यवस्थाअनुसार आवश्यक तयारी गर्न आग्रह गरेको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना