
काठमाडौं । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म देशभर ६७४ वटा विपद्का घटना भएका छन् । ती घटनामा ३६ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन् । ४३६ परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै वन डढेलोका १९९ र आगलागीका १७० घटना भएका छन् ।
आगलागीमा परी ९ जनाको मृत्यु, ५६ जना घाइते र १०३ परिवार प्रभावित भएका छन् । वन डढेलोमा १ जनाको मृत्यु, २ जना घाइते र २२ परिवार प्रभावित भएका छन् । बाढी पहिरोका ५९ घटनामा ५ जनाको मृत्यु भएको छ । ती घटनामा १४ जना घाइते भएका छन् भने १५८ परिवार प्रभावित भएका छन् ।
जंगली जनावरको आक्रमणका २५ घटनामा ३ जनाको मृत्यु र १९ जना घाइते भएका छन् । लेक लाग्ने ८ घटनामा ५ जनाको मृत्यु भएको छ । चट्ट्याङ खस्ने ८ घटनामा पनि ५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
यस अवधिमा पहिरोका ११, भारी वर्षाका २०, हावाहुरीका १३, छाना उड्ने १ र गोठालोसम्बन्धी ४ घटना पनि अभिलेख भएका छन् । तथ्यांक अनुसार वैशाखको पहिलो १८ दिनमा आगलागी, डढेलो र बाढी पहिरोका घटना उच्च रहेको देखिएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो