
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गगरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा ३३७.७३ प्रतिशतले नाफा बढेको हो ।
गत आवको तेस्रो त्रैमासिकसम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कम्पनीले ९ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । चालू आवमा कम्पनीको आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेकोले नाफामा उछाल आएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ३ लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भई २२ करोड ६० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १४ करोड ३६ लाख रुपैयाँबाट ७५ प्रतिशतले बढेर २५ करोड १८ लाख रुपैयाँ नाघेको छ । यससँगै बैंकको सञ्चालन मुनाफा पनि ३ करोड १७ लाख रुपैयाँबाट ३४३.५१ प्रतिशतले बढेर १४ करोड ७ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ५ करोड ९१ लाख ऋणात्मकबाट २ करोड ६१ लाख रुपैयाँ धनात्मक हुन पुगेको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँबाट बढेर ५२.५३ रुपैयाँ पुगेको छ भने खराब कर्जा ६.८४ प्रतिशतबाट घटेर ५.१४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.८४ रुपैयाँ र बेसरेट १०.८४ प्रतिशत रहेको छ। चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीले चैत मसान्तसम्म ३ अर्ब ५६ करोड रुपैयाँ ग्राहकमा कर्जा परिचालन गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको कुल सम्पत्तिको मूल्य झण्डै ३ अर्ब ६७ करोड रुपैयाँ कायम भएको छ ।












समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा