
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ । गत बैशाख १८ गते शुक्रबार बजारमा सुनको मूल्य २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा त्यसको एक हप्तापछि सुनको मूल्य ३ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, हप्ताभर सुनको मूल्य उक्त रकमले बढेको हो । त्यस्तै, बैशाख २० गते आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, बैशाख २१ गते सोमबार पनि सुनको मूल्य गिरावट भएको छ । उक्त दिन ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बैशाख २२ गते मंगलबार पनि एकैदिन ३ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख २३ गते बुधबार भने एकैदिन ५ हजार ८०० रुपैयाँले सुनको मूल्य बढेको छ । उक्त दिन सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बैशाख २४ गते सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख २५ गते बिहीबार भने सुनको मूल्य स्थिर रह्यो । शुक्रबार पनि सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सुन व्यवसायीका अनुसार, गएको हप्ताभर सुनको मूल्यमा त्यति बढी उतारचढाव नआएको र स्थिर नै देखिएको छ ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान