
काठमाडौं । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो ‘उच्च सम्बर्धित युरेनियम’ हटाएको छ । यो युरेनियम धेरै वर्षदेखि त्यहाँको एउटा पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । उक्त युरेनियमलाई भेनेजुएलाको राजधानी काराकासनजिकै रहेको साइटबाट हटाएर सुरक्षित रूपमा अमेरिका पठाइएको हो । यो ‘अपरेसन’ अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले मिलेर गरेका हुन् ।
अमेरिकी ऊर्जा विभागका अनुसार, युरेनियमलाई जमिन र समुद्रमार्ग हुँदै अमेरिका पु¥याइएको छ । यसलाई अब दक्षिण क्यारोलाइनाको सवाना रिभर आणविक साइटमा प्रशोधन गरिनेछ । अमेरिकी नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन एजेन्सीले यो अपरेसन दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका निम्ति महत्त्वपूर्ण रहेको जनाएको छ । एजेन्सीका अनुसार, भेनेजुएलाको आरभी–१ अनुसन्धान रिएक्टर दशकौँसम्म आणविक अनुसन्धानका निम्ति प्रयोग गरिन्थ्यो । सन् १९९१ मा अनुसन्धान बन्द भएपछि पनि त्यहाँ उच्च सम्बर्धित युरेनियम राखिएको थियो ।
अमेरिकी अधिकारीका अनुसार, यो कार्य ६ हप्ताभन्दा कम समयमा पूरा गरिएको थियो । युरेनियमलाई विशेष कन्टेनरमा ‘प्याक’ गरिएको थियो । त्यसपछि करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगियो । त्यहाँबाट बेलायतको न्युक्लियर ट्रान्सपोर्ट सोलुसन्स कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको थियो । अमेरिकी नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन एजेन्सीका डेपुटी एडमिनिस्ट्रेटर डा. म्याट नेपोली पनि यो मिसनको अनुगमनका निम्ति भेनेजुएला पुगेका थिए । उनले टोलीको अनुभवका कारण यो अपरेसन सफल भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि अपरेसनको पुष्टि गरेको छ । एजेन्सीले यसलाई जटिल र संवेदनशील अपरेसन भनेको छ । नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसनका अनुसार, सन् १९९६ देखि हालसम्म एजेन्सीले विश्वका विभिन्न देशबाट सात हजार ३५० किलोभन्दा बढी उच्च सम्बर्धित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित गर्ने काम गरिसकेको छ । रिपोर्टका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च सम्बर्धित युरेनियमका विषयमा दबाब दिइरहेको छ । इरानसँग यस्तो करिब ४०८ किलो युरेनियम रहेको बताइन्छ । यद्यपि, अमेरिका हालसम्म त्यसलाई हटाउन सफल भएको छैन ।
अमेरिका र भेनेजुएलाको सम्बन्धमा पनि परिवर्तन देखिएको छ । हालैका महिनामा सीआईए निर्देशक जोन रेटक्लिफलगायत धेरै अमेरिकी अधिकारी भेनेजुएला पुगेका छन् । सात वर्षपछि दुई देशबीच व्यावसायिक उडान पनि सुरु भएको छ । अमेरिकी दूतावास समेत पुनः खोलिएको छ । भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएका देशमध्ये एक हो । अमेरिकाले अब त्यहाँ ऊर्जा र खानी क्षेत्रमा व्यापार बढाउने प्रयास गरिरहेको जनाइएको छ । केही लोकतन्त्र समर्थकले ट्रम्प प्रशासनको यो नीतिको आलोचना पनि गरिरहेका छन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि