
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६१ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्म कम्पनीले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आवको चैत मसान्तसम्म ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा २८.८९ प्रतिशको वृद्धि सहित ४ अर्ब १५ करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यसले कम्पनीले आक्रामक रूपमा बीमा व्यवसाय विस्तार गरिरहेको देखाउँछ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार पनि १२ अर्ब ८० करोड १८ लाख रुपैयाँबाट ३२ प्रतिशतले बढेर १६ अर्ब ९० करोड ७५ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँबाट घटेर ६.९१ रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ३३ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको छ ।












समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द