
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाकाे दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य २७ जना घाइते छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी-८ को कुरुलेफाँट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका-१९ की ७८ वर्षीया राममाया बस्नेत, सोही ठाउँकी ७८ वर्षीया बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका-५ की ५० वर्षीया कौशिला रेग्मी र सोही ठाउँका बस चालक ४५ वर्षीय रमेश जिसी रहेको र्घाखाँचीका प्रहरी प्रमुख डीएसपी दिवसबहादुर जिसीले बताए ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । अर्घाखाँची अस्पतालका घाइतेलाई पनि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएकाे छ । घटनामा अधिकांश मोदी गाउपालिका पर्वतका मानिसहरू परेकाे प्रहरीको भनाइ छ ।
सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको जिसीले बताए । प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट करिब १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना