
काठमाडौं । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।
लेक लागेर बिरामी भएका गुरुङको आजै हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । उनले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताए ।
यस्तै, नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने
प्रतिनिधिसभाको बैठक बस्दै, खानी तथा खनिज पदार्थ विधेयक प्रस्तुत हुँदै