
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्म अवधिमा कम्पनीको नाफा ७१.७८ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा कम्पनीले कुल ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी भने ६६ करोड ५८ लाख रुपैयाँबाट ७.३२ प्रतिशतले बढेर ७१ करोड ४५ लाख रुपैयाँ नाघेको छ । कर्जा तथा लगानीबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर १२ करोड ३८ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढ्दा कुल खर्च ४४.९० प्रतिशतले बढेको छ। अभिकर्तालाई दिइने कमिशन पनि २६.६२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँबाट घटेर ०.९८ रुपैयाँमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १७०.९३ रुपैयाँ रहेको छ । चुक्ता पूँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ८ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड ७० लाख रुपैयाँ सञ्चिति रहेको छ ।













समाचार
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
चार वटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
विश्वकप फुटबल : फ्रान्स सेमिफाइनलमा, एमबाप्पेको गोल गर्ने क्रम जारी
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँः मन्त्री चौधरी