प्रकाश अधिकारी प्रतिनिधिसभाको सचिवमा नियुक्त

काठमाडौं । नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुखको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थायी घर भएका अधिकारी निजामती सेवामा २४ वर्षको अनुभव हासिल गरेका कर्मचारी हुन्। उनी उपसचिव पदबाट सेवानिवृत्त भएका थिए।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका छन् भने दक्षिण कोरियाको क्युङ ही विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा अर्को स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम उनलाई विशिष्ट श्रेणीको सचिवसरह सेवा सुविधा प्राप्त हुने व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार