
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले कोलकाता नाइट राइडर्सलाई हराएको छ । आरसीबी ६ विकेटले विजयी भएसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
रायपुरमा हिजो टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ४ विकेट गुमाएर १९२ रन बनायो । कोलकाताले दिएको १९३ रनको लक्ष्य पछ्याएको आरसीबीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । आरसीबीको जीतमा कप्तान विराट कोहलीले अविजित रहँदै ६० बलमा १०५ रनको शतकीय पारी खेले । त्यस्तै, देवदत्त पडिक्कलले ३९ रन बनाए ।
आईपीएलको अङ्क तालिकामा आरसीबी १२ खेलमा १६ अङ्कका साथ तालिकाको शीर्षस्थानमा पुगेको छ भने कोलकाता ११ खेलमा ९ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे धर्मशालामा पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्सले खेल्दैछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव