
काठमाडौं । सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ अस्पतालबीच कोषका योगदानकर्ताका छोराछोरीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक प्रेमप्रसाद आचार्य र अस्पतालका तर्फबाट अध्यक्ष डा. भगवान कोइरालाले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि कोषका कार्यकारी निर्देशक आचार्यले कोषमा आबद्ध योगदानकर्ताका छोराछोरीले गुणस्तरीय तथा वित्तीय पहुँचसहितको स्वास्थ्य उपचार सेवा पाउने बताए ।
अस्पतालका अध्यक्ष डा. कोइरालाले स्वास्थ्य उपचारलाई सर्वसुलभ र गुणस्तरीय सेवाका रूपमा स्थापित गर्दै मानव कल्याणका लागि काम गरिरहेको उल्लेख गर्दै कोषसँगको सम्झौताले त्यस अभियानलाई थप टेवा पुग्ने बताए।
कोषमा हाल २९ लाख ४० हजार योगदानकर्ता आबद्ध रहेका छन्। सुरुआतमा योगदानकर्तालाई मात्रै औषधि उपचार सुविधा दिएको कोषले पछिल्ला वर्षमा सेवा विस्तार गर्दै योगदानकर्ता, दम्पति र छोराछोरीसम्म स्वास्थ्य उपचार सुविधा विस्तार गरेको जनाएको छ।
कोषका अनुसार हालसम्म विभिन्न सुविधाअन्तर्गत अस्पताल तथा सेवाग्राहीलाई २० अर्ब २४ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ।













समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण