
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा देखिएको छ । बेरुजुमा मधेश प्रदेश अगाडि रहँदा सबैभन्दा कम बेरुजु बागमति प्रदेशमा देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।
सबैभन्दा कम बागमती प्रदेशको ०.८३ प्रतिशत बेरुजु कायम भएको छ । बागमतीका २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँ बराबर लेखा परीक्षण भएको थियो । जसबाट ६९ करोड ३७ लाख बेरुजु देखिएको छ ।
यसबाहेक कोशीका २ सय ८ कार्यालयको ५२ अर्ब ३८ करोड लेखा परीक्षणबाट ५५ करोड ५५ लाख बेरुजु कायम भएको देखिन्छ । जुन १.१२ प्रतिशत हो । गण्डकीका १ सय ८० कर्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण भएको थियो । यस प्रदेशको बेरुजु ५४ करोड ३ लाख कायम भएको छ ।
त्यस्तै लुम्बिनीका २ सय १४ कार्यालयको ५७ अर्ब २० करोडको लेखा परीक्षण भएको छ । जसबाट ६३ करोड ३२ लाखको बेरुजु कायम भएको छ । जुन १.२७ प्रतिशत हो । कर्णालीका १ सय ३७ कार्यालयको ३७ अर्ब १९ करोडको लेखा परीक्षणबाट ७० करोड बराबरको बेरुजु कायम भएको छ । जुन २.०८ प्रतिशत हो ।
उता, सुदूरपश्चिमका १ सय ५९ कार्यालयमा ३९ अर्ब ४९ करोडको लेखा परीक्षण गरिएको थियो । जसबाट ५५ करोड ५९ लाख बराबरको बेरुजु भएको छ । यो १.५३ प्रतिशत बराबर हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह