
काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा एफसी कोलोन लाई ५-१ गोलले पराजित गरेको छ। म्युनिखस्थित अलियान्ज एरिना मा भएको खेलमा हेरी केनले ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाएका हुन्।
खेलको १०औँ मिनेटमा बायर्नले अग्रता लियो। कोनराड लाइमरको क्रसलाई जोशुआ किमिखले अगाडि बढाएपछि केनले नजिकबाट प्रहार गर्दै गोल गरे। त्यसको तीन मिनेटमै किमिखकै छोटो पासमा केनले सुन्दर प्रहार गर्दै दोस्रो गोल थपे।
१८औँ मिनेटमा सइद एल मालाले कोलोनका लागि गोल गर्दै खेल २–१ बनाए। तर त्यसको चार मिनेटमै टम बिसखोफले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बायर्नको अग्रता फेरि दुई गोलको बनाए।
दोस्रो हाफमा पनि बायर्नले दबाब कायम राख्यो। ६९औँ मिनेटमा केनले टाढाबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे। खेल सकिन सात मिनेट बाँकी रहँदा निकोलस ज्याक्सनले लुइस डियाजको पासमा गोल गर्दै बायर्नको ५-१ को जित पक्का गरे।
यो सिजन बायर्न म्युनिखले बुन्डेसलिगामा कुल १ सय २२ गोल गरेको छ। यो युरोपका शीर्ष लिगमध्ये एक उत्कृष्ट प्रदर्शन हो। केनले पनि उत्कृष्ट लयमा रहँदै सिजनभर ३६ गोल गरेका छन्, जुन लिगमा सर्वाधिक हो।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय