
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा सुरु भएको महोत्सव जेठ ९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य पर्यटन प्रवर्द्धन रहेको आयोजकले जनाएको छ ।
खेलकुदका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय खानाको प्रवर्द्धन गर्ने र क्षमतावान् खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
‘खेलकुदका माध्यमबाट जिल्लालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटकीय जिल्लाका रूपमा विकास गर्न तेस्रो पटक महोत्सव आयोजना गरेका हौँ,’ उनले भने, ‘यो महोत्सवले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।’ महोत्सवको पहिलो दिन दौड प्रतियोगिता आयोजना गरिएको थियो, जसमा बालबालिका, युवा तथा ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १५ वर्षमाथिको १० किलोमिटर खुला दौडमा महिलातर्फ दीपा बस्नेत प्रथम, जानुका राउत द्वितीय र मनिता खड्का तृतीय भए । पुरुषतर्फ अमीर लिम्बू प्रथम, जगेन्द्र राई द्वितीय र रुद्रधन कुलुङ तृतीय भए । त्यसैगरी ३५ वर्षमाथिका व्यक्तिहरूको ७ किलोमिटर दौडमा अनन्त राई प्रथम, विमानसिंह तामाङ द्वितीय र शिवप्रसाद राई तृतीय भए । आमाहरूका लागि ५ किलोमिटर दौडमा जमुना कटवाल प्रथम, रोजना राई द्वितीय र भीमकुमार आचार्य तृतीय भए ।
विभिन्न उमेर समूहका छात्रछात्राका लागि पनि छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो । विजयी खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । आयोजकका अनुसार खुला बुद्धिचाल प्रतियोगिता जेठ ६ गते र साहित्यिक प्रतियोगिता जेठ ९ गते आयोजना गरिनेछ । साहित्यिक कार्यक्रममा कविता, गजल र मुक्तक वाचन गरिनेछ ।
महोत्सव सम्पन्न गर्न करिब रु ३० लाख १३ हजार २३२ लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । उद्घाटन समारोहमा पत्रकार सविना अछामे परियारलाई नगद रु ११ हजार १११ सहित सम्मान गरिएको छ । समापनमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ ।













समाचार
आधा घण्टामा ३ मिटर बढ्यो त्रिशूलीको जलसतह
बाढी प्रभावित क्षेत्रमा बैंकिङ शाखा स्थानान्तरणका लागि राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तातोपानीमा सात हजार रोपनीमा सामूहिक स्याउ खेती
सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
युक्रेनको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण, ३७ जनाको मृत्यु
दरमखोला हाइड्रो इनर्जीको साधारणसभा स्थगित
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा