
काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारत स्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन्। साथै, आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुनेछ ।
ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै एनएमबि बैंकले बैंकिङ सेवाभन्दा बाहिर पनि ग्राहकहरूलाई थपसुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको हो । थप जानकारीका लागि ग्राहकहरूले एनएमबि बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न सकिनेछ ।












समाचार
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै
गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन…
आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन
धितोपत्र बोर्डद्वारा पूँजी बजार सुधारका लागि निर्देशन जारी, कसलाई के निर्देशन दियो ?
विवादास्पद प्रश्न सोधेको आरोपमा बंगलादेशका तीन पत्रकार हिरासतमा
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
मनसुनी वायुको प्रभाव, चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल