
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदैछ । संवैधानिक परिषद्ले गएको वैशाख २४ मा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
लगत्तै संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । डा. शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्योल बढेकाले शीघ्र सुनुवाइ हुन लागेको जानकारी दिए । प्राप्त उजुरी खोल्नका लागि आज बिहान ८ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक राखिएको छ । उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।
त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ । सुनुवाइपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन