
काठमाडौं । मन्त्रिपरिषद्काे बैठकले ७ निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका ७ निर्णयहरुः
१. नगरपालिका राजश्व अभिवृद्धि परियोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस अनुदान स्वीकार गर्ने,
२. अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने,
३. काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरुको विवरण रुजु गरी प्रतिपरिवार पुनस्थापना खर्च बापत रु २५००० एकमुस्ट प्रदान गर्ने । जोखिमयुक्त बस्तीबाट हटाइएकाहरुलाई बैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न ५ सदस्य भएको प्रतिपरिवार राहत रकम १५ हजार प्रतिमहिना र सो भन्दा बढी सदस्यका लागि प्रतिसदस्य थप रु २००० प्रतिमहिनाको दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने । वृद्ध, अशक्त, असाहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने । बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने,
४. प्रत्यायन नियमावली २०८३ स्वीकृत गर्ने,
५. सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने,
६. नेपाल राष्ट्र बैंक २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र
७. नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ अनुसार हुनेगरी राजपत्राकिंत विशिष्ट श्रेणीका सचिवको दरवन्दी मिलान गर्ने र पदस्थापन गर्ने ।













समाचार
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द
एनपिएल तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने
डढेलो फैलिएपछि इन्डोनेसियाको राष्ट्रिय निकुञ्ज बन्द