
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलमा मिसाउन योग्य इथानोल खरिद गर्ने जनाएको छ । निगमले मंगलबार पेट्रोलमा मिसाउन योग्य इथानोल स्वदेशी उत्पादकहरुद्धारा खरिद गर्ने बताएको हो ।
निगमले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी सूचना सार्वजनिक गर्दै स्वदेशी उत्पादकहरु सँग खरिद गर्न चाहेको जनाएको छ । सरकारले तोकेका मापदण्ड पुरा भएमा मात्र इथानोल खरिद गरिने निगमका निर्देशक विनित मणि उपाध्यायले जानकारी दिए । सरकारले यसअघि नै इथानोलको मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । अहिले उत्पादन तथा आपूर्ति गर्न इच्छुक उत्पादकहरूले निगममा निवेदन दर्ता गर्न सक्नेछन् । ‘२०८२ फागुन २८ गते नेपाल राजपत्रमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचनाका रूपमा प्रकाशित “पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२” अनुसार देहाय बमोजिमका कच्चा पदार्थहरू प्रयोग गरी उत्पादन हुने पेट्रोलमा मिसाउन योग्य इथानोल नेपाल आयल निगमले राजपत्रमा उल्लेख भएअनुसारको गुणस्तर र विधिअनुसार खरिद गर्ने भएकाले सम्पूर्ण स्वदेशी उत्पादकहरूलाई जानकारी गराइन्छ,’ निगमले भनेको छ ।
निगमले इथानोलको गुणस्तरको बारेमा समेत जानकारी गराएको छ ।
इथानोल उत्पादनमा देहाय बमोजिमका कच्चा पदार्थहरू प्रयोग हुन सक्नेछन् :–
(क) चिनी उद्योगबाट प्राप्त हुने खुँदो (मोलासेस),
(ख) नेपियर घाँस,
(ग) खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास),
(घ) पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेष,
(ङ) खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न,
(च) सिमल तरुल (कास्साभा), र
(छ) कुहाउन (फर्मेन्टेसन) का लागि चाहिने मर्चा (यीस्ट) र अन्य आवश्यक रसायन ।
तर, खाद्यान्नको रूपमा प्रयोग हुने अन्नलाई इथानोल उत्पादनमा कच्चा पदार्थको रूपमा प्रयोग गर्न सकिने छैन ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै