
काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी ११ स्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा पुरुष/महिला सिंगल्स डबल्स र टिम तथा मिक्स डबल्समा खेल हुनेछ ।
जुनियर यु–१९ तथा क्याडेट यु–१५ मा ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । जुनियर खेलाडीले सिनियरबाट सिक्ने अवसर पाउन् भन्ने उद्देश्यले जुनियर र क्याडेटको प्रतिस्पर्धा पनि राष्ट्रिय प्रतियोगिताकै दौरान गर्न लागिएको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी/नेपाल आर्मी/एपीएफ) गरी १० टिमको सहभागिता रहने छ । प्रत्येक टिमबाट १० का दरले १ सय खेलाडी सहभागी हुने मुख्य प्रशिक्षक बासुकलाले जानकारी दिए ।
त्यसबाहेक सिनियरको पुरुष/महिलामा शीर्ष ८ स्थानमा रहेका खेलाडीले तहगत छनोट बिनै सोझै प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । १० टिमबाट १ सय र शीर्ष ८ स्थानमा रहेका पुरुष/महिला गरी १६ सहित जम्मा १ सय १६ खेलाडी सहभागी हुने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिए । जेठ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह