
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बाँडफाँट पछि अब सर्वसाधारणमा आईपीओ जारी गर्ने हो ।
यस कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने ७९ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ ।
अब बाँकी सेयरमध्ये ५ प्रतिशतले हुन आउने ३९ हजार ५०० कित्ता सामूहिक लागनी कोषहरूका लागि र २ प्रतिशतले हुन आउने १५ हजार ८०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
यसमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । निष्काशन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते हुनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।













समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल