
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको अनुसन्धानका सिलसिलामा पक्राउ नगर्न र नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले आन्तरिम आदेश जारी गरेको हो ।
देउवा दम्पती समेत निवेदक रहेको यस उत्प्रेषण मुद्दामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाइएको छ। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की, राधेश्याम अधिकारी, सतिश कृष्ण खरेल र एकराज पोखरेलले बहस गरेका थिए भने विपक्षीका तर्फबाट सह-न्यायाधिवक्ता सञ्जिवराज रेग्मीले बहस गरेका थिए।
सरकारले २०८२ साल चैत २४ गते काठमाडौ जिल्ला अदालतबा पक्राउ पूर्जी जारी गर्ने अनुमति लिएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ