
खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका किसानले छरेको मकैबालीलाई फौजी किराले क्षति गरेको हो ।
मकैलाई बाँदरबाट जोगाउन संघर्ष गरिरहेका किसानलाई फौजीकिराले सताएको हो । प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवा फौजीकिराले सखाप पारेपछि किसान हैरान बनेका छन् । कतिपय किसानले विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रणको प्रयास गरिरहेका छन् ।
फौजी किराले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपा लगायतका ठाउँमा लगाइएको मकै बालीमा क्षति पुर्याएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको हलेसी, दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु लगायतका ठाउँमा लगाइएको मकैबालीमा फौजीकिराको आक्रमण देखिएको छ ।
लफ्याङको तिल्केनी, तित्रीबोटे, पुरानोगाउँ, बास्तोलागाउँ, माझगाउँलगायतका ठाउँमा फौजी किराले मकैबाली सखाप बनाएको स्थानीय राजेन्द्र राईले बताए । सुरुमा खेतमा लगाइएको मकैमा लागेको फौजीकिरा क्रमश: बारीको मकैमा सरेको हो ।
यस्तै, खोटेहाङ गाउँपालिका–८ सिमपानीको बर्रे भाटेश्वारामा चैतमा छरेको मकैमा फौजीकिरा लागेको थियो । किसानले विषादि किनेर हालेपछि केही नियन्त्रणमा आएको थियो तर बैसाखमा छरेको मकैमा पनि फौजीकिरा लागेको स्थानीय शिखर कतिवडा बताउँछन् ।
फौजीकिराले गोडमेल गर्नेबेलाको मकैको बिरुवाको गुवादेखि पात समेत खाएर क्षति पुर्याइरहेको छ । फौजीकिराले मकैको कलिलो बिरुवा खाइदिएपछि बढ्न नसक्ने र उत्पादन दिन नसक्ने किसानको अनुभव छ ।
कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाका अधिकांश ठाउँमा लगाइएको मकै बालीमा फौजी किराको आक्रमण देखिएको छ । फौजी किराले ढिलो छरिएका वा पछौटे मकैलाई बढी आक्रमण गर्ने गरेको छ ।
फौजी किरा नियन्त्रणका लागि इमामेक्टीन बेन्जोयड ५ एससी र स्पीनोस्याड ४५ एससीलाई पानीमा मिसाएर ‘स्प्रे’ गर्नुपर्ने कृषि ज्ञान केन्द्रका सहायक बाली संरक्षण अधिकृत हरिनारायण राईको सुझाव छ ।
राईका अनुसार निमको तेल वा वनस्पती विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रण गर्नु स्वास्थ्यका दृष्टिकोणले उत्तम मानिन्छ । केही वर्ष यता जिल्लाका १० वटै स्थानीय तहमा फौजी किराको आतंक फैलिन थालेको हो ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना