
काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति न्यु चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो ।
राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि कप्तान शुभमन गिलले १०४ रन बनाए । त्यस्तै साई सुदर्शनले ५८ रन जोडे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । राजस्थानका वैभव सूर्यवंशीले ४७ बलमा ९६ रन बनाए पनि टोली पराजित भयो । अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग खेल्नेछ । फाइनल खेल भोलि बेलुका पौने ८ बजे अहमदाबादमा हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन