
काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । हंगेरीको बुडापेस्टमा रहेको पुस्कास एरेना रङ्गशालामा गएराति भएको खेलमा पीएसजीले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उपाधि जितेको हो ।
निर्धारित र अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुङ्गो पेनाल्टीमार्फत भएको थियो । खेलको छैटौँ मिनेटमै काई हाभेट्र्जले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५औँ मिनेटमा ओस्मान डेम्बेलेको पेनाल्टीमार्फत पिएसजीले बराबरी गोल फर्कायो ।
युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा अघिल्लो वर्ष इन्टर मिलानलाई पराजित गर्दै उपाधि जितेको पिएसजीले यस वर्ष पनि उपाधि जित्न सफल भयो ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम